
आरुघाटको चुनौती : प्रशासनिक एवं सरकारी भवन निर्माणका लागी जग्गा पाउन मुस्किल
आरुघाट गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ८६.०३ प्रतिशत रहेको छ । चालु तर्फको ८९.१६ र पुँजीगततर्फ ८१.०६ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार गत आव चालु तर्फ ३९ करोड ९२ लाख रकम विनियोजन भएकोमा ३५ करोड १ लाख खर्च भएको छ ।
त्यस्तै पँुजीगततर्फ विनियोजित २४ करोड ६४ लाख रकममध्ये १९ लाख ९७ हजार रकम खर्च भएको बताइएको छ । पालिकाले बिभिन्न वडामा पूर्वाधार बिकास तर्फ गत आव १७ करोड ६० लाख रकम विनियोजन गरेको थियो । त्यस्तै सामाजिक बिकास तर्फ ३१ करोड, आर्थिक बिकास तर्फ ४ करोड ३५ लाख, सुशासन तथा संस्थागत तर्फ २ करोड १३ लाख र प्रशासनीक तथा अन्य तर्फ ८ करोड ८० लाख रकम विनियोजन भएको पालिकाले जनाएको छ । त्यस्तै गत आव पालिकाले बिभिन्न वडामा योजना अनुसार रकम विनियोजन गरेको थियो ।
वडा नम्वर १ मा २८ योजनाका लागी ७५ लाख, वडा नम्वर रकम २ मा ३४ योजनाका लागी ७० लाख, वडा नम्वर ३ मा २५ योजनाका लागी ७० लाख, वडा नम्वर ४ मा २४ योजनाका लागी ७० लाख र वडा नम्वर ५ मा ४९ योजनाका लागी ७० लाख रकम विनियोजन भएको थियो । त्यस्तै वडा नम्वर ६ मा २१ योजनाका लागी ७० लाख, वडा नम्वर ७ मा २४ योजनाका लागी ७० लाख, वडा नम्वर ८ मा २८ योजनाका लागी ७० लाख, वडा नम्वर ९ मा २८ योजनाका लागी ६५ लाख र वडा नम्वर १० मा २३ योजनाका लागी ७० लाख रकम विनियोजन भएको हो । बजेट विनियोजन भएकामध्ये केही योजनाहरु सम्पन्न हुन नसकेको पालिकाले जनाएको छ ।
गत आव पालिकाले एक÷एक वटा ऐन र कार्यविधि समेत निर्माण गरेको छ । आव २०७४÷७५ देखि हालसम्म १५ वटा ऐन, चार वटा नियम÷नियमावली, दुई वटा निर्देशिका र २२ वटा कार्यविधि निर्माण गरिसकिएको पालिका अध्यक्ष राजु गुरुङले बताए । चरन खर्क सुधार मार्फत उच्च पहाडी क्षेत्रमा पशुपालन प्रवद्र्धन, बिद्यालयहरुमा इन्टरनेटको पहुँच लगायतका कार्यलाई पालिकाले गत बर्षको प्रमुख उपलब्धीको रुपमा लिएको छ ।
समयमा जनशक्ति प्राप्त नगर्नु र जनशक्तिलाई टिकाइ राख्न नसक्नुलाई पालिकाले समस्याको रुपमा लिएको छ । त्यस्ते बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने भएकाले पालिकाको प्रशासनीक भवन, शैक्षिक संस्था, अस्पताल लगायतका सरकारी संरचना निर्माणका लागी जग्गा प्राप्तीको बिषय चुनौतीपूर्ण रहेको पालिकाले जनाएको छ ।
ठुला आयोजनाका लागी आवश्यक बजेट व्यवस्थापन समेत गर्न समस्या भएको बताइएको छ । पालिकामा साहसिक पर्यटन, होम स्टे र रेष्टुरेष्ट संचालनको प्रचुर सम्भावना रहेको अध्यक्ष गुरुङले बताए । व्यवसायिक पशु पालनको पनि उत्तिकै सम्भावना रहेको बताइएको छ ।




