| बुधबार, कार्तिक २५, २०८३

गोरखामा प्रशासनलाई अटेर गर्दै यातायात व्यवासायीद्धारा आफूखुशी नयाँ भाडादर कायम

अस्थायी रुटको भाडा समायोजनको निर्णय कार्यान्वयनमा अटेर गर्दै आएका जिल्लाका यातायात व्यवसायीले आफूखुशी भाडादर निर्धारण गरेका छन् । अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले निर्धारण गरेको नयाँ भाडादर त्रुटीपूर्ण र अवैज्ञानिक रहेको भन्दै लागू गर्न आनाकानी गर्दै आएका उनीहरुले मंगलवार आफूखुशी नयाँ भाडादर कायम गरेका हुन् ।

‘समितिले स्थलगत निरिक्षण नगरी हचुवाको भरमा सडकको स्तर र दुरी निर्धारण ग¥यो,’ गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीले भने, ‘त्यसैले हामी स्वयम दुइ÷तीन दिन लगाएर अधिकांश रुटका सडकको स्टडी ग¥यौ, गाडीको मिटर पनि हे¥यौ र त्यही आधारमा नयाँ भाडादर कायम गरेका हौ ।’ आफूले कायम गरेको नयाँ भाडादर प्रमुख जिल्ला अधिकारी र प्राविधिक कार्यालयमा बुझाउने र उहाँहरुसँगको छलफलपछि लागू गरिने उनले बताए ।

यही असोज १५ गते बसेको अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकले जिल्लाका ४५ वटा अस्थायी रुटको नयाँ भाडादर कायम गरेको हो । १७ गतेदेखि नयाँ भाडादर लागू गर्न भनेपनि यातायात व्यवसायीले अटेर गर्दै आएका छन् । टिकट काउण्टर बन्द गरेर उनीहरुले यात्रुसँगै पुरानै दरमा भाडा लिदै आएका छन् ।

यता समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले समायोजन भएको भाडादरमा हेरफेर नहुने बताएका छन् । ‘किलोमिटर तलमाथी भए संशोधन गर्छाै तर भाडादर संशोधन हुदैन,’ उनले भने । सडकको स्तर र दुरीमा पुनर्विचार गर्न सकिने बताउँदै उनले थपे, ‘पूर्वाधार कार्यालयलाई प्राविधिक प्रतिवेदन पेश गर्न भनेको छु, त्यो आएपछि जिल्लामा क्रियाशिल राजनीतिक दलहरुसहितको बैठक बस्छौ ।

सडकको पनि एकपटक स्थलगत निरिक्षण गरेर केही हेरफेर भएमा संशोधन गर्छाै ।’ समितिले निर्धारण गरेको भाडादर लागू नगरे कारवाही गर्ने उनले चेतावनी दिएका छन् । ‘पहिलेकै दरमा भाडा लिएको छ भनेर कसैले निवेदन दिए हामी ठगी मुद्धामा कारवाही गर्छाै,’ उनले भने । टिकट काउण्टर खोल्नका लागी पनि प्रालिलाई आग्रह गरिएको बताउँदै प्रजिअ भुसालले अटेर गरे प्रशासनिक हस्तक्षेप गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्