
बुङकोटका महिलाहरुलाई सिलाई मेसिन र बंगुरका पाठा वितरण
शहिदलखन गाउँपालिका–७ बुङकोटका महिलाहरुलाई सिलाई मेसिन र बंगुरका पाठा वितरण गरिएको छ ।
महिला आयआर्जन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा उनीहरुलाई उक्त सामग्री वितरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । २२ जनालाई सिलाई मेसिन, चार जनालाई टाँकघर र १५ जनालाई जनही चार वटाका दरले बंगुरको पाठा वितरण गरिएको उनले जानकारी दिए ।
प्राप्त निवेदनको आधारमा छनोट गरी उक्त सामग्री वितरण गरिएको उनको भनाइ छ । उक्त कार्यक्रमका लागी वडाले चालु आर्थिक बर्ष चार लाख बजेट विनियोजन गरेको थियो ।
वडालाई बंगुर पकेट क्षेत्रका रुपमा विकास गर्न र सिलाई कटाई पेशामा आवद्ध स्थानीय महिलाहरुको आयआर्जनमा सहयोग पु¥याउन उक्त सामग्री वितरण गरिएको बताइएको छ ।




