| बुधबार, कार्तिक २५, २०८३

दुई बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पक्राउ

दुई जना बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–५ का ४१ बर्षीय व्यक्ति रहेका छन् ।

शनिवार बिहान १५ र १६ बर्षीया दुई बालिकाको संवेदनशील अंगहरु समाती यौनजन्य अस्वभाविक व्यवहार गरेको भन्दै पीडितका आफन्तले जायरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

उनी बिरुद्ध बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्