| बुधबार, कार्तिक २५, २०८३

बैकिङ कसूर मुद्धामा फरार एक युवक पक्राउ

बैकिङ कसूर मुद्धामा फरार रहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका–६ अश्राङका ४२ वर्षीय नारायण परियार रहेको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका–५ का सोहन रोकाले दिएको जाहेरीका आधारमा उनलाई जिल्ला सदरमुकामबाट पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

‘परियारले रोकासँग पाँच लाख ८५ हजार नगद सापटी लगेको रहेछ,’ उनले भने, ‘परियारले मुक्तिनाथ बिकास बैकको चेक काटेर दिएका रहेछन्, तर चेक साट्न जाँदा खातामा पैसा रहेनछ ।’

चेक अनादर भई फिर्ता भएपछि रोकाले परियारबिरुद्ध जायरी दिएपछि मुद्दा दर्ता भएको डिएसपी श्रेष्ठले जानकारी दिए । फरार रहेका परियारलाई शुक्रवार पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्