| बुधबार, कार्तिक २५, २०८३

गोरखामा अस्थायी रुटको नयाँ भाडादर कायम (हेर्नुहोस नयाँ भाडादर)

लामो समयपछि जिल्लाको अस्थायी रुटको भाडा समायोजन भएको छ । अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको सोमवार बसेको बैठकले हालसम्म कायम भएका ४५ अस्थायी रुटको भाडा समायोजन गरेको हो ।

यही असोज १७ गतेबाट लागू हुने गरी नयाँ भाडादर कायम गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

उनका अनुसार पक्की सडकमा प्रति किलोमिटर ५.३४ रुपैया, ग्रावेल सडकमा ७.८५ र कच्ची सडकमा ९.४४ रुपैया भाडादर कायम गरिएको छ ।

यातायात व्यवस्था बिभागबाट भाडादर घटबढ भएमा सोही अनुसार तत्काल घटबढ गर्ने निर्णय समेत भएको उनले जानकारी दिए । गन्तव्य स्थानसम्मको दुरी र भाडादर यात्रुले देख्ने गरी सवारीमा टाँस गर्न समितिले यातायात व्यवसायीलाई आग्रह समेत गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयबाट चेकजाँच तथा अनुगमन हुने र नराखेको भेटिएमा कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ । लामो समयदेखि भाडा समायोजन हुन नसक्दा पक्की सडकमा पनि कच्चि सरह भाडा तिर्न यात्रुहरु बाध्य थिए ।

भाडा समायोजनको माग गर्दै केही दिन अघि बिभिन्न राजनीतिक दलका युवा समूहले प्रशासनको ध्यानाकर्षण समेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्