| बुधबार, कार्तिक २५, २०८३

कालोबजारी र महँगी नियन्त्रण गर्न माग गर्दै प्रशासनको ध्यानाकर्षण

चाडपर्वमा हुन सक्ने कालोबजारी र महँगीलाई नियन्त्रण गर्न नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले प्रशासनको ध्यानाकर्षण गराएको छ ।

सोमवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले कालोबजारी र महँगी नियन्त्रणका लागी पहल गरिदिन आग्रह गरेका हुन् ।

त्यस्तै चाडपर्वमा खाद्यान्नको कृत्रिम अभाव गर्नेलाई कारवाही गर्न समेत उनीहरुले माग गरेका छन् । ‘पछिल्लो समयमा मौलाउदै गएको महंगी, कालोबजारी, अखाद्य वस्तुको विक्री वितरण र कृत्रिम अभावले चरम सिमा नाग्दै गएको र खाद्यान्न लुकाई कृत्रिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा २०% भन्दा कैयौं गुणा मुनाफा लिनु तथा म्याद सकिएका अखाद्य वस्तुहरुको विक्री वितरण गर्ने कार्य भइरहेको छ । यस्ता कार्यलाई नियन्त्रण गरि हदै सम्मको कारवाही गर्न माग गर्दछौ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । बजार अनुगमनलाइ निरन्तरता दिन समेत उनीहरुले माग गरेका छन् । भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपैठारी, लागू औषध कारोबार तथा सामाजिक अपराधहरुको नियन्त्रण र गर्न समेत उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्