
मनकामना केवलकार दुई दिन बन्द हुने
मनकामना केवलकारको सेवा दुई दिन बन्द हुने भएको छ । शनिवार सूचना जारी गर्दै मनकामना दर्शन प्रालिले असोज १७ र १८ गते सेवा बन्द रहने जनाएको हो ।
नियमित मर्मत संहारका लागी भन्दै सेवा बन्द गर्न लागिएको बताइएको छ ।
असोज १९ गतेबाट भने नियमित रुपमा सेवा शुरु हुने प्रालिले जनाएको छ ।
केवलकार बन्द रहेपनि सो अवधिमा बटम स्टेशनस्थित रेष्टुरेष्टको सेवा भने संचालनमा रहने बताइएको छ ।




