| बुधबार, कार्तिक २५, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

आइतवार क्याम्पसको मानविकी बिभागद्धारा आयोजित एक कार्यक्रमका बीच नौ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा डम्वर कुमारी कुवँर (१०० बर्ष), डम्वर बहादुर कुवँर (९७ बर्ष), चन्द्र बहादुर थापा (९१ बर्ष), इन्द्र बहादुर खत्री (८८ बर्ष), बुद्धि बहादुर कुवँर (८४ बर्ष), टेक बहादुर बिश्वकर्मा (८४ बर्ष), टोप बहादुर कुवँर (८२ बर्ष), रोलक बहादुर थापा (७६ बर्ष) र पुतली सिर्मल (६६ बर्ष) रहेका छन् ।

उनीहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको क्याम्पस मानविकि बिभागका धर्मजंग थापाले बताए । उनका अनुसार सम्मानित हुने सबै गोरखा नगरपालिका वडा नम्वर ९ का रहेका छन् । कार्यक्रमकै अवसरमा जेष्ठ नागरिकहरुको अनुभव आदान प्रदान समेत भएको थियो ।

मानविकी बिभाग प्रमुख एकदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक संघका उपाध्यक्ष दिल बहादुर बस्नेत, क्याम्पस प्रमुख रामचन्द्र दुवाडी, क्याम्पस स्थानीय सहयोग समिति सदस्य शिव केसी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्