| बुधबार, कार्तिक २५, २०८३

नेपाल मगर संघ गोरखा नगरपालिकाको अध्यक्षमा होम बहादुर

नेपाल मगर संघ गोरखा नगरपालिकाको अध्यक्षमा होम बहादुर थापा मगर चयन भएका छन् । संघको शनिबार भएको सातौ वार्षिक साधारण सभा तथा नगर अधिवेशनबाट मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

जसको उपाध्यक्षमा पुनम राना मगर, सचिवमा मान बहादुर रानामगर, सहसचिवमा एलिना थापा मगर र कोषाध्यक्षमा श्याम आले मगर चयन भएका छन् ।

सदस्यहरुमा रामबहादुर थापा मगर, विनिता थापा मगर, राममाया थापा मगर, विमला थापा मगर, रविन थापा मगर, राजबहादुर थापा मगर, कोपिला राना मगर, मिना थापा मगर, टंकबहादुर आले मगर र यामबहादुर आले मगर रहेका छन् ।

बाँकी सदस्यहरु आगामी वैठकले मनोनित गर्ने संघका पुर्व अध्यक्ष माधव थापा मगरले बताए ।

संघका निवर्तमान नगर अध्यक्ष भरत राना मगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्ण राना, नेपाल मगर संघका केन्द्रिय सदस्य विष्णु राना मगर, नेपाल मगर संघ बुद्ध सेवा समाजका पुर्व केन्द्रिय सदस्य विष्णु थापा मगर, समाजका अध्यक्ष मिनबहादुर थापा मगर, नेपाल मगर संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष नानुमाया थापा मगर, नेपाल मगर संघ नगर समितिका पुर्व अध्यक्ष गोकर्ण राना मगर, निवर्तमान अध्यक्ष माधव थापा मगर, नेवा देय दबु गोरखा नगरपालिकाका अध्यक्ष राहुल बज्रचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्