
बिद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न
जिल्लामा बिद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता भएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा शनिवार प्रतियोगिता भएको हो ।
नेपाल समुदायमा प्रहरीको भूमिका शिर्षकमा भएको प्रतियोगितामा जिल्लाका कुल २१ वटा बिद्यालयका २८ जनाको सहभागीता रहेको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कार पाउने प्रहरी निरिक्षक रविन्द्र अधिकारीले बताए ।
प्रतियोगीताको नतिजा केही दिनमा प्रकाशन हुने र बिजेताहरुलाई प्रहरी दिवसको अवसरमा पुरस्कृत गरिने उनले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुनेको निवन्ध प्रहरी प्रधान कार्यालय पठाइने र उत्कृष्ट छनोट भएमा थप २५ हजार नगद पाउने बताइएको छ ।




