| बुधबार, कार्तिक २५, २०८३

गोरखनाथ र गोरखा ऐतिहासिक बिचार गोष्ठी सम्पन्न

जिल्लामा महागोगी गोरखनाथ र गोरखा ऐतिहासिक विचार गोष्ठी सम्पन्न भएको छ । श्री श्री गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाको आयोजनामा शनिवार गोष्ठी भएको हो । केन्द्रका जिल्ला अध्यक्ष नवराज बस्नेतको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखनाथसँग जोडिएको गोरखाको इतिहास र यसको महत्वको बारेमा चर्चा भएको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले वर्तमानको नेपालमा गोरखाको इतिहास ओझेलमा परेको बताए । ‘गोरखा ऐतिहासिक स्थल हो, ऐतिहासिक पुरुषहरुको यहाँ जन्म भएको छ । अहिले बसिरहेको नेपाल एकीकरणको सुरुवात र राज्यको निर्माता हामी गोरखालीहरु नै हौ,’ उनले भने, ‘हाम्रो आफनो ऐतिहासिक गरिमा हुदाँहुदै पनि गोरखा अलि ओझेलमै परेको अवस्था छ ।’ गोरखनाथदेखि पृथ्वी नारायण शाहसम्मका व्यक्तिहरुको ओजन बराबरको महत्व गोरखाले नपाएको उनले बताए ।

गण्डकी प्रदेश सरकारले प्रदेश भित्रको ऐतिहासिह स्थलको संरक्षण र सम्वद्र्धनका लागी केहि बजेट विनियोजन गरेको समेत उनले जानकारी दिए । धार्मिक र ऐतिहासिक स्थलहरुलाई पर्यटनसँग पनि जोड्नु पर्ने उनको भनाइ छ । नेपाल पज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा संस्कृतिविद डा. जगमान गुरुङले गोरखाको ऐतिहासिकताका बारेमा चर्चा गरेका थिए । उनले गोरखनाथ, गोरखकालीमा विश्वास गर्नुपर्ने र योगी नरहरीनाथलाई कहिले उपेक्षा गर्नु नहुने बताए । त्यस्तै विश्व हिन्दु अन्तराष्ट्रिय धर्म सभाका अध्यक्ष बलभद्रनाथले गोरखानाथको उत्पति र पृथ्वीनारायण शाहको बरदान लगायतको बारेमा चर्चा गरेका थिए ।

गोरक्ष राष्ट्र नेपालको भूमि गोरखा रहेको र अवका दिनमा गोरखालाई नै केन्द्र मानी नवनाथ र चौरासी सिद्धहरुको चौथो संरचना निर्माण गर्नपर्छ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको केन्द्रका महासचिव दिनेश दानीले बताए । कार्यक्रमममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, समाजसेवी होमसिं बस्न्यात, संस्कृतविद हरिप्रसाद सोडारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्