| बुधबार, कार्तिक २५, २०८३

बिदाका दिन गाडी चलाएको भन्दै विप्लव समूहका युवाद्धारा गोरखाका चार सरकारी गाडी नियन्त्रणमा

गाडीको दुरुपयोग गर्दै सार्वजनिक बिदाको दिन चलाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पाटीको युवा संगठनले गोरखामा चार वटा सरकारी सवारी नियन्त्रणमा लिएको छ ।

शनिवार गोरखा नगरपालिकाचोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई वटा गाडी नियन्त्रणमा लिइएको संगठनका पूर्व गण्डक व्यूरो इन्चार्ज रन गुरुङले बताए । जिल्ला समन्वय समितिको बा २ झ २८९ र वाग्तमी प्रदेश द्य ब्द्य ९१९८ नम्वरको गाडीसहित कुन्दुरटार पालुङटार सिंचाइ आयोजनाको गण्डकी प्रदेश ब् ब्ब् ४७२६ नम्वरको मोटरसाइकल र पूर्वाधार कार्यालयको प्रदेश ३ ०२ ००१ ब ३६४० मोटरसाइलक नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको उनले बताए । सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग हुने क्रम बढेको भन्दै निगरानी बढाइएको संगठनले जनाएको छ । गोरखा नगरपालिकाबाट शुरु भएको अभियान अव पालिकासम्म पु¥याउने संगठनका जिल्ला इन्चार्ज राजकुमार गुरुङले जानकारी दिए ।

उक्त गाडीहरु कार्यालय परिसरभित्र राखिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज वेदनाथ भण्डारीले बताए । ‘प्रशासन कार्यालयबाट पास लिएको हो की होइन हामीले बुझ्दै छौ,’ उनले भने, ‘पास नभएकालाई हामी नियम अनुसार कारवाही गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्