| बुधबार, कार्तिक २५, २०८३

उहियाका माइला गुरुङद्वारा मनास्लु हिमालको सफल आरोहण

धार्चे गाउँपालिका–३ उहिया दुङ्लाका ओम(माइला) गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । आइतबार विहान ७ बजे उनी विश्वको आठौँ अग्लो मनास्लु हिमालको चुचुरोमा पुगेका हुन् ।

पायोनियर एडभेन्चरबाट उनीसहित तीन जना नेपालीले मनास्लु हिमाल आरोहण गरेका हुन् । हिमाल आरोहण गर्नेमा गुरुङ र सोहि कम्पनीका डाइरेक्टर मिङमा दोर्जे शेर्पा र सामागाउँका स्थानीय नङसाल छोतेन लामा रहेका छन् । करिब १३ घण्टामा मनास्लु हिमाल आरोहण गर्न सफल भएको दरौदीसँगको कुराकानीमा गुरुङले बताए । केहि महिनामा आमदब्लाम हिमाल आरोहण गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।

उनले यसअघि आठ हजार मिटर अग्लो सगरमाथा हिमालको समेत सफल आरोहण गरिसकेका छन् । २०७९ सालमा मनास्लु आरोहणको प्रयास गरेपनि खराब मौसमका कारण क्याम्प चारबाट फर्किनुपरेको उनले जानकारी दिए । पर्यटन क्षेत्रमा आवद्ध भएका उनी छोटो समयमै विश्वको अग्लो हिमाल सगरमाथा र मनास्लु आरोहण गर्न सफल भएका हुन् । सगरमाथा र मनास्लु हिमालको सफल आरोहण गर्ने उनी उहिया गाउँको पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्