
नेपाल मुस्लिम संघमा गोरखाबाट उपाध्यक्षसहित पाँचजना चयन
नेपाल मुस्लिम संघ केन्द्रिय समितिमा गोरखाबाट उपाध्यक्ष सहित पाँच जना चयन भएका छन् ।
काठमाण्डौमा भएको संघको तेस्रो अधिवेशनबाट अताबुल मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय केन्द्रिय कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा रहमतुल्ला मियाँ, महिला उपाध्यक्षमा रजनी मियाँ, सचिवमा रहमतुल्ला मियाँ, सदस्यमा मोहसिन अलि मियाँ र अलि मियाँ गरी ५ जना चयन भएका छन् । उनीहरु सबै गोरखाका हुन् ।




