| बुधबार, कार्तिक २५, २०८३

संविधान दिवसको अवसरमा अनेरास्ववियु गोरखाद्वारा राष्ट्रिय झण्डा वितरण

संविधान दिवसको अवसरमा अनेरास्ववियुद्धारा गोरखा सदरमुकामका सर्वसाधारणलाई झण्डा वितरण गरेको छ ।

अनेरास्ववियु गोरखा जिल्ला कमिटीको आयोजनामा सदरमुकामा सर्वसाधरणलाई बुधबार राष्ट्रिय झण्डा वितरण गरिएको हो ।
अनेरास्ववियु केन्द्रिय कमिटीको निर्देशनमा संविधान दिवसको अवसरमा सेल्फी विथ नेसनल फ्ल्याग कार्यक्रम अन्तरगत झण्डा वितरण कार्यक्रम गरिएको हो ।

सो अवसरमा हरमटारी खेलकुद मैदान देखि हरमटारी गेट सम्म रहेको विभिन्न पसल, सर्वसाधरण लगायतका एक सय भन्दा बढीलाई राष्ट्रिय झण्डा वितरण गरिएको संघ गोरखाका अध्यक्ष प्रताप ढकालले बताए । सर्वसाधारणमा राष्ट्रिय भावना विकास गराउन उक्त कार्यक्रम गरिएको उनले बताए ।

जिल्ला कमिटी अध्यक्ष ढकालेको अध्यक्षता तथा अनेरास्ववियु पुर्व केन्द्रिय सचिवालय सदस्य तथा नेकपा एमाले गोरखाका जिल्ला कमिटी सदस्य प्रविन श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्