| बुधबार, कार्तिक २५, २०८३

गोरखामा गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ

गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ लक्ष्मीबजारका १९ बर्षिय छोटु भन्ने अनुप बस्नेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीवार राती करिव दश बजेको समयमा बस्नेतले हातमा खुर्पा लिएर सोही स्थानका ज्योतीराज पुडासैनीलाई गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेका थिए ।

पीडितले शुक्रवार जाहेरी दिएपछि बस्नेत बिरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्