| बुधबार, कार्तिक २५, २०८३

कालिका मन्दिर प्रवलिकरण सम्पन्न, भक्तजनका लागि खुल्ला गरियो

लामो समयसम्म भक्तजनका लागि बन्द गरिएको कालिका मन्दिर खुल्ला गरिएको छ । प्रवलिकरणको काम सकिएसँगै पूजाआजाका लागि मन्दिर खुल्ला गरिएको हो ।

गत असार महिनामा प्रवलिकरणको काम सम्पन्न भएको गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि भुसालले बताए । ‘असारमा काम सकिएपनि हामीले जेठ महिनामै क्षमा पूजा गरेर दैनिक पुजाआजा कार्य सुरु गरेका थियौँ,’ उनले भने ।

२०७२ सालको भूकम्पले गोरखा दरवारसँगै कालिका मन्दिरमा क्षति पु¥याएको थियो । मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थिया े भने झिँगटीका छाना खसेर पानी चुहिन थालेपछि प्रवलिकरण गरिएको उनले जानकारी दिए ।

प्रवलिकरणका लागि २०७८ साउन १५ गते धर्म एस आरआर जेभीसँग सम्झौता भएको थियो ।सम्झौता भए अनुसार ठेकेदार कम्पनीले २०७९ असार १५ सम्पन्न गर्नुपर्ने थियो । तर समयसिमाका काम सम्पन्न नभएपछि २०७९ चैत्र ३० गते सम्पन्न गर्नुगरी म्याद थप गरिएको थियो । सो अवधिमा केहि महत्वण काम सम्पन्न गरेको र बाँकी काम असार तेस्र्रो साता सम्ममा सम्पन्न गरेको उनले बताए।

कार्यालयका अनुसार कुल एक करोड ९५ लाख लागतमा कालिका मन्दिर र रंगमहलको प्रवलिकरण गरिएको हो । पुरानै संरचनामा कमजोर देखिएको भागको मात्र मर्मत गरिएको भुषालले जानकारी दिए । ‘पुरै भत्काउनु परेन । जुन भाग कमजोर देखिएको थियो त्यो भाग भत्काएर अरु भागलाई प्रवलिकरण गरेका हौँ । मन्दिरको पश्चिम भागको गारो सोझाउने, जग बलियो बनाउने, भित्र स्थायी टेका लगाउने, भूइमा तेलिया बिछ्याउने, प्लास्टर गर्ने, झ्याल ढोकाहरु मर्मत गर्ने, रंगमहलको मर्मत गर्ने र छानाभन्दा मुनिको कोठा पुरै भत्काएर पुननिर्माण गर्ने काम गरेका हौ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्