| बुधबार, कार्तिक २५, २०८३

साधना लघुवित्तद्वारा शहिदलखनको त्रिवेणी मन्दिरमा डस्टबिन वितरण

शहिदलखन गाउँपालिका–३ मा रहेको त्रिवेणी मन्दिरको फोहोर व्यवस्थापनका लागि डस्टविन उपलब्ध गराइएको छ । साधना लघुवित्त वित्तिय संस्थाले मन्दिर व्यवस्थापन समितिलाई २० थान डस्टविन उपलब्ध गराइएको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत डस्टविन वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाले जिल्लाका विभिन्न मन्दिर, सार्वजनिक स्थल, हाटबजार लगायतका स्थानमा डस्टबिन वितरण गरिएको जनाएको छ । वुधवार एक कार्यक्रमका बिच संस्थाकी सहायक महाप्रवन्धक सरिता ढकालले मन्दिर व्यवस्थापन समिति अध्यक्ष सूर्य गुरुङलाई डस्टविन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्ष दीपक पाण्डेले संस्थाले उपलब्ध गराएको डस्टविनले फोहोर व्यवस्थापनमा सहयोग पुग्ने बताए । कार्यक्रममा वडाध्यक्ष पाण्डे, संस्थाका वित्त तथा योजना विभाग प्रमुख रूपेश कुमार झा, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, देउराली महिला समुहका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्