| बुधबार, कार्तिक २५, २०८३

जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोरखा जेसीज गोरखाको सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिन मंगलवार गोरखा नगरपालिका अन्तरगत मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ । महालक्ष्मी मावि लक्ष्मीबजारमा भएको प्रतियोगितामा द ओल्ड क्यापिटलकी प्रसिद्धिका अर्याल पहिलो भएकी छन् ।

त्यस्तै महालक्ष्मी माविकी आरती गुरुङ दोस्रो, सरस्वती माविका समिप खत्री तेस्रो भएका छन् । उनीहरुले क्रमश पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार पाएको कार्यक्रम संयोजक रचन परियारले बताए ।

प्रतियोगितामा महेन्द्र मावि कुन्दुरटारकी रिया कुमाल र सेन्ट जोसेफका सुप्रवि श्रेष्ठ सान्त्वना भएका छन् ।

उनीहरुले जनही एक÷एक हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा नगरभित्रका एघार वटा माध्यमिक बिद्यालयको सहभागीता रहेको थियो ।

गोरखा जेसीजका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको प्रमुख अतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा जेसीजका पुर्व अध्यक्षहरु, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र द्ुवाडी, महालक्ष्मी माविका प्रधानाध्यापक चुडामणी काप्री लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्