
बिश्व आत्महत्या रोकथाम दिवस विविध कार्यक्रम गरी मनाइयो
बिश्व आत्महत्या रोकथाम दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा सचेतनामूलक र्याली गरिएको हो । जिल्ला प्रहरी कार्यालय परिसरदेखि शुरु भएको र्याली बिसौनी, बसपार्क, हुदै बिपि चोकमा पुगेर टुंगिएको थियो ।
र्यालीको क्रममा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक पर्चा समेत वितरण भएको थियो ।
र्याली पश्चातको औपचारिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश कुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष मिनादेवी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।




