| बुधबार, कार्तिक २५, २०८३

गोरखा जेसिजको सप्ताह कार्यक्रम सुरु

गोरखा जेसिजको सप्ताहव्यापी कार्यक्रम शनिबारबाट सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिवार सप्ताहव्यापी कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रमको पहिले दिन ठूलोआँगनबाट गोरखा दरबार, कुहिरे भिर हुदैँ रक गार्डेनसम्म पदयात्रा गरिएको जेसीजका अध्यक्ष पुष्कर गुरुङले बताए । ओझेलमा परेका स्थानीय पर्यटकीय स्थलको उजागर गर्नका लागि पदयात्रा गरिएको उनले बताए ।

उनका अनुसार दोस्रो दिन आइतवार बसपार्कमा ट्राफिक जनचेतनामुलक कार्यक्रम हुनेछ भने सोमवार जेसीज संरचना सरसफाई तथा रंगरोगन कार्यक्रम हुनेछ । मंगलवार लक्ष्मीबजार स्थित महालक्ष्मी माविमा वक्तुत्वकला प्रतियोगिता हुने बताइएको छ । वुधवार द्रव्यशाह बहुमुखी क्याम्पसमा साइबर क्राइम सम्बन्धी सचेतनामूलक कार्यक्रम र बिहीवार बालमन्दिर माविमा खाद्यान्न वितरण गरिने जेसीजले जनाएको छ ।

बिहिबार बिहान सहिद स्मृति मावि बुङकोटमा शैक्षिक सामग्री वितरण र बेलुका ५ बजे होटल मिराकलमा समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको बताइएको छ ।

कार्यक्रमको पहिलो दिन मुख्यमन्त्री पाण्डेसँगै गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने, गोरखा नगरपालिका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जेसीजका पूर्व अध्यक्षहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्