| बुधबार, कार्तिक २५, २०८३

गोरखाका तीन युवा लागुऔषधसहित पक्राउ


गोरखाका तीन युवा लागुऔषधसहित पक्राउ परेका छन् । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेका तीन युवालाई इप्रका आँबुखैरेनीका प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।


डाइजेपाम, फेनार्गन र नोफिनसहित गोरखा नगरपालिका १३ मझुवाका सन्तोष परियार भन्ने हिमाल कोइराला, सहिद लखन गाउँपालिका २ का २० बर्षीय आयुष थापा मगर र सोही ठाउँका अजय परियार पक्राउ परेका इप्रका आँबुखैरेनीले बताएको छ ।
साथै प्रहरीले सोही ठाउँबाट अवैध लागुऔषध गाँजा(जस्तो देखिने बस्तु)सहित पोखरा महानगरपालिका ५ का २० बर्षीय सुजन सुनार र २१ बर्षीय अजय नेपाली पनि पक्राउ परेका छन् ।


उनीहरु पाँचै जनालाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि जिल्ला अदालत तनहूँमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्