| बुधबार, कार्तिक २५, २०८३

सिरानचोक ३ मा बिहान ६ देखि साँझ ६ सम्म मदिरा बेचबिखनमा रोक

सिरानचोक गाउँपालिका वडा नम्वर ३ ले वडाभित्र १६ बर्षमा मुनिका बालबालिका तथा बिद्यालय पोशाकमा रहेका बिद्यार्थीहरुलाई मदिरा, सुर्ति तथा चुरोट बिक्री वितरणमा रोक लगाएको छ ।

मंगलवार बसेको वडा समिति बैठकले उक्त निर्णय गरेको हो । बिहान ६ देखि साँझ ६ बजेसम्म मदिरा बिक्री वितरणमा समेत रोक लगाइएको वडाध्यक्ष जगदिश्वर ढकालले बताए ।

निर्णय उल्लंघन गरेको पाइएमा पाँच सय रुपैया जरिवाना गरिने समेत उनले चेतावनी दिएका छन् । दर्ता नभएका व्यवसायलाई भदौ मसान्तसम्म अनिवार्य दर्ता गर्न पनि वडाले आग्रह गरेको छ । दर्ता भइसकेका व्यवसायहरुलाई नविकरण गर्न पनि भनिएको वडाध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्