| बुधबार, कार्तिक २५, २०८३

गोरखा होटल संघको अध्यक्षमा निधिप्रसाद तिमिल्सिना

गोरखा जिल्ला होटल संघको अध्यक्षमा निधिप्रसाद तिमिल्सिना सर्वसम्मत चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित संघको पाँचौ अधिवेशनबाट तिमिसिल्नाको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको प्रथम उपाध्यक्षमा केशव कुँवर, द्वितीय उपाध्यक्षमा दीपक योगी, महासचिवमा सुमन श्रेष्ठ, सचिवमा कृष्णप्रसाद लामिछाने, कोषाध्यक्षमा शिवकुमार श्रेष्ठ चयन भएका छन् ।

समितिको सदस्यहरुमा विष्णुप्रसाद तिमिल्सिना, राजकुमार अधिकारी, अर्जुन पाँण्डे, माहामाया खत्री, मनोज श्रेष्ठ, सिलोन श्रेष्ठ, योगेश तिमिल्सिना, भीमकुमार सुर्खेती चयन भएका छन् ।

संघका निवर्तमान अध्यक्षमा अन्जनबाबु खत्रीको अध्यक्षता तथा होटल व्यबसायी महासंघका केन्द्रीय उपाध्यक्ष भाईचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्