
गोरखा बजारको कट्टेलचोकमा कुकर बमजस्तै देखिने शंकास्पद बस्तु फेला
गोरखा सदरमुकामको मुख्य सडकमा कुकर बम जस्तै देखिने शंकास्पद बस्तु भेटिएको छ । गोरखा नगरपालिका ९ कट्टेलचोकको बीच सडकमा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
शंकास्पद बस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ ।
बिहान पाँच बजे सर्वसाधारणले प्रहरीमा खबर गरेका उनले बताए ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सो स्थानमा पुगेर सुरक्षा घेरा दिएको छ । केही समयमा नेपाली सेनाको बम डिस्पोज टोली आएर डिस्पोज गर्ने तयारी गरिरहेको एसपी श्रेष्ठले बताए ।
सडकमा शंकास्पद बस्तु भेटिएपछि गोरखा सदरमुकामको मुख्य मार्ग हुदै चल्ने सबै सवारी साधन बन्द रहेको प्रहरीले जनाएको छ ।




