
हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान
गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिद्वारा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
बुधबार उद्योग वाणिज्य संघको सचिवालय भवनमा तीजको अवसमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा महिला उद्यमी विकास समितिका अध्यक्ष सुशीला श्रेष्ठले समितिले महिलाहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन विगतदेखि विभिन्न सिपमुलक तालिम दिएको बताइन् । साथै आगामि दिनमा पनि महिलाहरुलाई सबल र सशक्त बनाउनका लागि विभिन्न तालिमहरु संचालन गर्ने बताइन् ।
संघका महिला उद्यमी विकास समितिका अध्यक्ष सुशीला श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




