| बुधबार, कार्तिक २५, २०८३

कविता : शिक्षक

भरत केवट
(भवानी मा वि मान्बु, गोरखा)

समाज राष्ट्र निर्माण गर्ने व्यक्ति हुन् बौद्धिक
जलेर आफू जो छर्छन् ज्योति तिनै हुन् शिक्षक
स्कुल बाग विद्यार्थी बोट माली हुन् शिक्षक
ठानेर सधैं बढ्ने ती हाम्रा आदर्श शिक्षक

देखाइ पथ हिड्छ्न् ती अघि समाज रक्षक
शिक्षा र दीक्षा दिने तिनै हुन् विकृति भक्षक
जीवन आफ्नो अर्पण गरी बगाइ पसिना
बाँचेका छन् तीअमृत रोपी भुलाइ सपना

पढाउने भन्दा सिकाउने गुरु हुन् धेरै महान्
पसिना बेची जीवन धान्ने बेच्दैनन् इमान
पुस्तक भन्दा गुरुको बानी सिक्दछ्न् सिकारु
आदर्श कर्म सिकाउने हाम्रा शिक्षक जुझारु

खाराब बानी सुधार गरी असल बनाइ
ज्ञानको ठेली घोकाए मात्र हुदैन सिकाइ
गरेर हुन्छ बुझेर हुन्छ सार्थक सिकाइ
भेद र भाव नगरी सबै गर्दछ्न् सिकाइ

सहज कर्ता हुन् गुरु सबै जान्नु छ शिष्यले
शिक्षक साथी ऊर्जाको स्रोत बन्नु छ आफैले
मनका चाह पर्छ है बुझ्न विद्यार्थी वर्गको
हुन्छन् है पूरा सपना सारा गुरु र शिष्यको

दिएर दण्ड सजाय धेरै सिकारु सिक्दैनन्
दिएर माया हौसला धेरै नसिक्ने हुदैनन्
इच्छा छ जहाँ विद्यार्थी त्यहाँ सिक्नमा जुटेको
शिक्षक त्यहीँ विद्यार्थी आज चन्द्रमा पुगेको

हिलाम्य युग आजको हाम्रो सुधार्नु यहाँ छ
गरेर श्रम हिलोमा यहीँ टिक्नु र बिक्नु छ
ज्ञानी छौ तिमी भनेर हामी दिनु छ हौसला
जीवन आफ्नो पार्ने हो कस्तो?गर्नु है फैसला

स्कुलमा हाम्रा विद्यार्थी वर्ग छन् धेरै थरिका
भावना बुझ्ने धर्म हो हाम्रो विद्यार्थी मनका
सबैको हुन्छ विद्यार्थी जनको फरक क्षमता
भाग्यले होइन कर्मले बन्छन् सफल विध्येता

बेतन न्यून खटाइ चर्को छ हाम्रा शिक्षकको
सुधार गरी सुवास भर्ने लक्ष्य छ जीवनको
शिक्षक बन्न सजिलो छैन हाम्रो यो देशमा
अनेक थरी शिक्षक यहाँ शिक्षण पेशामा

बाचेका छन् ती कर्मले आज जितेर लडाइ
दिन र रात खटिन्छ्न् तिनी नमानी थकाइ
प्रगति देखी शिष्यको आफ्नो बसेका रमाइ
इज्जत मान प्रतिष्ठा धन शिक्षकका कमाइ

शिक्षक जरा विद्यार्थी मुना फर्सीको बोटको
छन् गुरु त्यही कर्मठ शिष्य संसार डुलेको
शिक्षक माझी खियाइ डुङ्गा जीवन तारेको
तरेर पुल नभुल गुन त्यो थोत्रो पुलको

ज्ञानको प्यास मेट्नका लागि गर्दछ्न् अभ्यास
असल बानी निर्माण गर्नु यही हो प्रयास
विद्यार्थी खुला ग्रन्थका पाना पढद्छन् शिक्षक
सुन्दर मुर्ति निर्माण गरी बन्दछन् शिक्षक

प्रतिक्रिया दिनुहोस्