| बुधबार, कार्तिक २५, २०८३

लायन्स क्लव अफ आबुखैरेनी र मनकामनाको संयुक्त पदस्थापन कार्यक्रम

लायन्स क्लव अफ मनकामना र लायन्स क्लव अफ आबुखैरेनीको पदस्थापन कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच क्लवका अध्यक्षहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।

सन २०२३÷०२४ का मनकामनाका अध्यक्ष मनोज जोशी र आँबुखैरेनीका अध्यक्ष ऋषी केशी अधिकारीलाई डिस्ड्रिक ३२५ एलका डिस्ड्रिक गभर्नर लायन परमेश्वर बरालले शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एलका डिस्ट्रिक गर्भनर लायन परमेश्वर बराल, क्लवका आइडिपिजी मणिरत्न शाक्य, क्लवका प्रथम उपाध्यक्ष सुमन भट्ट, वडाअध्यक्षहरु सकुन थापा मगर र दीपक पाण्डे र मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशी लगायतका क्लवका पदाधिकारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्