| बुधबार, कार्तिक २५, २०८३

छेकम्पारमा फोर जी टावर विस्तारका लागि पहल गरिदिन माग

चुमनुब्री गाउँपालिका वडा नं ६ छेकम्पारमा नेपाल टेलिकमको फोर जी टावर राखिदिन गाउँपालिकाले पहल गरेको छ । गाउँपालिकाका अध्यक्ष निमा लामाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई ज्ञापन पत्र पेश गर्दै अति दुर्गममा रहेको सो ठाउँमा फोरजी सेवा सञ्चालनको व्यवस्था मिलाइदिन माग गरेका हुन् ।

अहिलेको सूचना प्रविधिको युगमा पनि अति दुर्गम चुमनुब्री गाउँपालिका सञ्चार सेवाबाट बन्चित हुनु परेको भन्दै फोरजीको टावर राखिदिन मन्त्रालयलाई आग्रह गरिएको पालिका अध्यक्ष लामाले बताए ।

गाउँपालिकाको वडा नं. ६ को चुमचेत गाउँ तथा वडा नं.७, छेकम्पारको छुलेनिले गाउँमा मोबाइल फोनको नेटवर्क नटिप्ने समस्या रहेको उनले बताए । सो स्थानका स्थानीय बासिन्दाहरु दुरसंचार सेवाबाट बन्चित भैरहेको बताउदै त्यहा फोरजीको टावर तथा सहायक टावर विस्तारका लागि आवश्यक व्यवस्था गरिदिन सञ्चार मन्त्रालयलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

यसका साथै यस गाउँपालिकाको वडा नं.३ जगतगाउँ मा रहेको स्काइ टावरलाई विस्थापन गरी फोर जी तथा सव टावरको व्यवस्था गरिदिन समेत अनुरोध गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्