
पहिरोले गोरखा यार्साको एक घर बगायो, सात घरमा क्षति
केहीदिनदेखि परेको अबिरल बर्षापछिको पहिरोले धार्चे ६ यार्साको एक घर बगाएको छ । सात घरमा क्षति पु¥याएको छ । गएराती गाउँको बीचबाट बग्ने खोल्सामा आएको पहिरोले स्थानीय सुकमाया घलेको घर बगाएको वडाअध्यक्ष धनकुमार घलेले जानकारी दिए ।
आइतबार बेलुका आठ, नौ बजेतिर घर बगाएको उनले बताए । पहिरोले सो घरमा रहेको नगद, जिन्सी सबै लगेको उनले बताए । ‘एक्कासी घरमाथिबाट पहिरोसहित खोल्सामा बाढी आएछ । अनि मान्छेचाहिँ भागेर ज्यान जोगाएछन् । घरचाहिँ सबै लगेछ’, वडाअध्यक्ष घलेले भने, ‘सात जनाको परिबार छोरीको घरमा शरण लिएर बसेका छन् । खाद्यान्न, लत्ताकपडा केही छैन । उनीहरुलाई तत्काल खाने, बस्ने व्यवस्था गर्न सहयोगको आवश्यकता छ ।’
घर पूर्ण रुपमा क्षति नभए पनि सोही बाढी र पहिरोले अन्य सात घर पनि क्षति पु¥याएको छ । भीमबहादुर घलेको घरको भान्सा कोठा लगेको उनले बताए । त्यस्तै टेकबहादुर घले, जयबहादुर गुरुङ, सुनबहादुर गुरुङ, च्याबर घले, धामी घले र आइतीमाया घलेको घरमा बाढी र पहिरोले आंशिक क्षति पु¥याएको उनले बताए ।





