
महिला संघका संस्थापक सभापति मंगलादेवी सिंहको २७ औँ स्मृति दिवस
नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघका संस्थापक सभापति मंगलादेवी सिंहको २७ औँ स्मृति दिवस गोरखामा मनाइएको छ ।
संघको गोरखा नगरपालिका वडा नं ९ को समितिको आयोजनामा आइतबार लक्ष्मीबजारमा सिंहको २७ औँ स्मृति दिवस मनाइएको हो ।
महिला संघ वडा समितिका सभापति नन्दमाया कुँवरको सभापतित्व तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एवं महिला संघकी नगरसभापति विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, नेपाली काँग्रेसका जिल्ला सदस्य एवं महिला संघको नगरसचिव रन्जिला श्रेष्ठ, नगरकोषाध्यक्ष गोमा दवाडी, वडा सभापति कुलबहादुर कुँवर र हिमा बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
सो स्मृति दिवसको अवसरमा नेपाल महिला संघले संघका साधारण सदस्य वितरण गर्ने, महिला संघको टोल टोलमा समिति गठन गर्ने समेत निर्णय भएको जनाएको छ ।




