| बुधबार, कार्तिक २५, २०८३

गोरखाका लोक भट्टराईलाई युकेद्वारा बिजनेश एण्ड इन्नोभेशन ग्लोबल एवार्ड

गोरखाका डाक्टर लोक भट्टराईलाई बेलायतले बिजनेश एण्ड इन्नोभेशन ग्लोबल एवार्ड २०२३ बाट सम्मान गरेको छ । आइतबार ब्रिटिश काउन्सिलले सूचना जारी गर्दै बेलायतका विभिन्न विश्वविद्यालयबाट विभिन्न विषय र विभिन्न तहमा डिग्री हाँसिल गरेका विश्वभरका लव्ध प्रतिष्ठित व्यक्तित्वहरुमध्य डाक्टर भट्टराईलाई एवार्ड गरिएको जनाएको छ ।
उनलाई ब्रिटिश काउन्सिल युके, स्टडी युके, र बेलायती बिश्वबिद्यालयहरुको साझा संस्थाले एवार्ड गरेको हो ।

एवार्डमा छनौट भएको जानकारी पाएपछि खुशी व्यक्त गर्दै डाक्टर भट्टराईले सयभन्दा धेरै देशका लाखौँ प्रतिष्ठितहरुमध्य आफु छनौट हुनु व्यक्तिगत तथा नेपालको पनि गौरवको विषयको भएको बताएका छन् ।

‘उच्च शिक्षा सम्बन्धी एउटा प्रतिष्ठित ग्लोबल एवार्डमा छानिन सकेकोमा बेहद खुशी लागेको छ’, उनले भनेका छन्, ‘बेलायत जस्तो कठोर निष्पक्षता भएको देशमा यो छनौट भएका कारण मलाई अझ गौरब महसुश भएको छ । बेलायतबाट पिएचडी गरेका मात्र हैन कि जुनसुकै तहको उच्च शिक्षा पूरा गरेका संसारका १०० भन्दा बढी देशका पूर्व बिद्यार्थीहरुको अध्ययनपश्चातको कामलाई हेरेर छनौट गरिएको छ । बर्षेनी बेलायतका १०० भन्दा बढी बिश्वबिद्यालयहरुमा चारपाँच लाखले उच्च शिक्षा प्राप्त गरिरहेका हुन्छन । दश बर्षको यो संख्या जोड्दा त यो संख्या निकै ठूलो हुन्छ । त्यसमाथि कुनै तह वा कुनै बिषयको सीमा नरहेका कारण यो प्रतिस्पर्धा निकै कठोर हुने गर्छ । इञ्जिनियरिङ, चिकित्सा, विज्ञान प्रबिधि, कला संगीत गरी कुनै क्षेत्रलाई पनि यो छनौटमा भेदभाव गरिएको छैन । प्रतिस्पर्धामा सयभन्दा धेरै देश, महादेशका व्यक्तिहरु थिए । यसमा म छनौटमा पर्नु नयाँ पुस्ताका सबै नेपालीलाई प्रेरणा पुगोस् ।’

आफूलाई छनौट गरेकामा उनले बेलायतको बिजनेश एण्ड इन्नोभेशन ग्लोबल एवार्ड छनौट समितिलाई धन्यवाद दिएका छन् । डा. भट्टराई गोरखा नगरपालिका ५ का बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्