
गोरखा उवासंघद्धारा गोरखा क्याम्पसलाई पंखा सहयोग
गोरखा उद्योग वाणिज्य संघले गोरखा क्याम्पसलाई पंखा सहयोग गरेको छ । स्वर्ण जयन्ती बर्षको अवसर पारेर शुक्रवार क्याम्पसलाई पंखा सहयोग गरिएको संघले जनाएको छ ।
गर्मीका कारण पठनपाठन समेत प्रभावित हुने समस्यालाई मध्यनजर गर्दै पंखा वितरण गरिएको संघका कार्यकारी सचिव दिपेन्द्र श्रेष्ठले बताए ।
बिद्यार्थी र शिक्षक दुवैलाई सहज हुने अपेक्षा सहित पंखा सहयोग गरिएको उनले जानकारी दिए ।
शुक्रवार एक कार्यक्रमका बीच संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले क्याम्पस प्रमुख रामशरण वानियालाई पाँच थान पंखा हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै उनले आगामी दिनमा पनि क्याम्पसलाई सहयोग गर्न संस्था प्रतिवद्ध रहेको बताए ।




