
गोरखा नगरपालिकाद्वारा अनुदान मलको दररेट कायम
गोरखा नगरपालिकाले नेपाल सरकारबाट अनुदानमा प्राप्त हुने मलको नगर क्षेत्रभित्रको दररेट कायम गरेको छ । नगरपालिका मल व्यवस्थापन समितिको बिहीवारको बैठकले चालु आर्थिक बर्ष २०८०÷८१ का लागि नयाँ दररेट कायम गरेको हो ।
मल वितरण हुने वडा र खरिद भएको डिपोअनुसार दररेट फरक रहेको नगरपालिका कृषि शाखा प्रमुख नविन अधिकारीले बताए । उनका अनुसार गोरखा नगर क्षेत्रका लागि कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगंज र साल्ट टे«डिङ कर्पोरेशन शाखा कार्यालय नारायणगढबाट अनुदानको मल आउने गर्छ ।
वडा नम्वर १ का लागि वीरगंज डिपोबाट ल्याएको यूरिया मलको मूल्य प्रतिकेजी २१ रुपैया ७० पैसा कायम गरिएको छ । डिएपी र पोटासको प्रतिकेजी ५० रुपैया ७० पैसा र ३८ रुपैया ७० पैसा निर्धारण भएको छ । नारायणगढ डिपोबाट ल्याएको यूरिया मलको मूल्य भने प्रतिकेजी २० रुपैया ३६ पैसा कायम गरिएको अधिकारीले बताए । डिएपीको प्रतिकेजी ४९ रुपैया ३६ पैसा र पोटासको प्रतिकेजी ३७ रुपैया ३६ पैसा कायम गरिएको उनले जानकारी दिए ।
वडा नम्वर २ र ३ का लागि वीरगंज डिपोबाट ल्याएको यूरिया मलको मूल्य २१ रुपैया ५५ पैसा कायम गरिएको छ । डिएपीको ५० रुपैया ५५ पैसा र पोटासको ३८ रुपैया ५५ पैसा प्रतिकेजी मूल्य निर्धारण गरिएको छ । नारायणगढ डिपोबाट ल्याएको यूरिया मलको मूल्य भने प्रतिकेजी २० रुपैया २१ पैसा, डिएपीको ४९ रुपैया २१ पैसा र पोटासको ३७ रुपैया २१ पैसा कायम गरिएको छ ।
वडा नम्वर ४ का लागि वीरगंज डिपोबाट ल्याएको यूरिया मलको मूल्य प्रतिकेजी २१ रुपैया ४९ पैसा, डिएपीको ५० रुपैया ४९ पैसा र पोटासको ३८ रुपैया ४९ पैसा निर्धारण भएको छ । नारायणगढ डिपोबाट ल्याएको यूरिया मलको प्रतिकेजी २० रुपैया १६ पैसा, डिएपीको ४९ रुपैया १६ पैसा र पोटासको ३७ रुपैया १६ पैसा कायम भएको छ ।
वडा नम्वर ५ का लागि वीरगंज डिपोबाट ल्याएको यूरिया मलको मूल्य प्रतिकेजी २१ रुपैया ४२ पैसा, डिएपीको ५० रुपैया ४२ पैसा र पोटासको ३८ रुपैया ४२ पैसा कायम भएको छ । नारायणगढ डिपोबाट ल्याएको यूरिया मलको प्रतिकेजी २० रुपैया ८ पैसा, डिएपीको ४९ रुपैया ८ पैसा र पोटासको ३७ रुपैया ८ पैसा कायम गरिएको छ ।
वडा नम्वर ६, ७ र ८ मा एउटै दररेट कायम गरिएको छ । उक्त वडाहरुमा वीरगंजबाट ल्याएको यूरिया मलको मूल्य प्रतिकेजी २१ रुपैया ३१ पैसा, डिएपीको ५० रुपैया ३१ पैसा र पोटासको ३८ रुपैया ३१ पैसा निर्धारण गरिएको छ । नारायणगढ डिपोबाट ल्याएको यूरिया मलको प्रतिकेजी १९ रुपैया ९७ पैसा, डिएपीको ४८ रुपैया ९७ पैसा र पोटासको ३६ रुपैया ९७ पैसा मूल्य कायम गरिएको बताइएको छ ।
वडा नम्वर ९ मा वीरगंज डिपोबाट ल्याएको यूरिया मलको मूल्य प्रतिकेजी २१ रुपैया २१ पैसा, डिएपीको ५० रुपैया २१ पैसा र पोटासको ३८ रुपैया २१ पैसा कायम गरिएको छ । नारायणगढबाट ल्याएको यूरिया मलको प्रतिकेजी मूल्य १९ रुपैया ८७ पैसा, डिएपीको ४८ रुपैया ८७ पैसा र पोटासको ३६ रुपैया ८७ पैसा कायम भएको छ ।
वडा नम्वर १० का लागि वीरगंज डिपोबाट ल्याएको यूरिया मलको मूल्य प्रतिकेजी २१ रुपैया १६ पैसा, डिएपीको ५० रुपैया १६ पैसा र पोटासको ३८ रुपैया १६ पैसा कायम गरिएको छ । नारायणगढबाट ल्याएको यूरिया मलको प्रतिकेजी मूल्य १९ रुपैया ८२ पैसा, डिएपीको ४८ रुपैया ८२ पैसा र पोटासको ३६ रुपैया ८२ पैसा कायम भएको छ ।
वडा नम्वर ११ मा वीरगंज डिपोबाट ल्याएको यूरिया मलको मूल्य प्रतिकेजी २० रुपैया ९७ पैसा, डिएपीको ४९ रुपैया ९७ पैसा र पोटासको ३७ रुपैया ९७ पैसा निर्धारण गरिएको छ । नारायणगढबाट ल्याएको यूरिया मलको प्रतिकेजी मूल्य १९ रुपैया ६४ पैसा, डिएपीको ४८ रुपैया ६४ पैसा र पोटासको ३६ रुपैया ६४ पैसा कायम भएको छ ।
वडा नम्वर १२ का लागि वीरगंज डिपोबाट ल्याएको यूरिया मलको मूल्य प्रतिकेजी २० रुपैया ९५ पैसा, डिएपीको ४९ रुपैया ९५ पैसा र पोटासको ३७ रुपैया ९५ पैसा निर्धारण गरिएको छ । नारायणगढबाट ल्याएको यूरिया मलको प्रतिकेजी मूल्य १९ रुपैया ६१ पैसा, डिएपीको ४८ रुपैया ६१ पैसा र पोटासको ३६ रुपैया ६१ पैसा निर्धारण गरिएको समितिले जनाएको छ ।
समितिले वडा नम्वर १३ का लागि वीरगंज डिपोबाट ल्याएको यूरिया मलको मूल्य प्रतिकेजी २१ रुपैया ५ पैसा, डिएपीको ५० रुपैया ५ पैसा र पोटासको ३८ रुपैया ५ पैसा निर्धारण गरेको छ । नारायणगढबाट ल्याएको यूरिया मलको प्रतिकेजी मूल्य २० रुपैया ३३ पैसा, डिएपीको ४९ रुपैया ३३ पैसा र पोटासको ३७ रुपैया ३३ पैसा निर्धारण गरिएको समितिले जनाएको छ ।
वडा नम्वर १४ मा वीरगंज डिपोबाट ल्याएको यूरिया मलको मूल्य प्रतिकेजी २० रुपैया ९३ पैसा, डिएपीको ४९ रुपैया ९३ पैसा र पोटासको ३७ रुपैया ९३ पैसा कायम गरिएको छ । नारायणगढबाट ल्याएको यूरिया मलको प्रतिकेजी मूल्य २० रुपैया २१ पैसा, डिएपीको ४९ रुपैया २१ पैसा र पोटासको ३७ रुपैया २१ पैसा निर्धारण गरिएको बताइएको छ ।
‘मल व्यवस्थान निर्देशिका २०७७’ र चालु आवको जिल्ला दररेट अनुसार मलको मूल्य निर्धारण गरिएको नगर कृषि शाखा प्रमुख अधिकारीले बताए । ‘दररेट कायम भयो अव मल वितरण गर्ने सहकारीसँग बसेर छलफल गरी वितरण कार्य अघि बढाउछौ,’ उनले भने । छलफलका लागि आइतवार बैठक बोलाइएको उनले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाभित्र रहेका १३ वटा सहकारी तथा संस्थाले अनुदानको मल विक्री वितरण गर्ने इजाजत पाएका छन् । सोही संस्थाहरुबाट किसानलाई मल वितरण हुने उनले जानकारी दिए । वडा नम्वर १ को छापथोक कृषि सहकारी संस्था लिमिटेड, वडा नम्वर २ को कृष्ण बहुउदेश्यीय कृषि फर्म, वडा नम्वर ३ को नौलो बिहानी उत्पादनमूलक कृषि सहकारी संस्था र वडा नम्वर ४ को सुनौलो सपना कृषि सहकारी संस्थाले मल बिक्री वितरणको इजाजत प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै वडा नम्वर ६ मा अनिता एग्रो कन्र्सन, वडा नम्वर ७ मा जनमुखी उपभोक्ता सहकारी लिमिटेड, वडा नम्वर ८ मा तारापुञ्ज बाख्रा पालन सहकारी संस्था लिमिटेड, वडा नम्वर ९ मा गोरखकाली बचत तथा ऋण सहकारी संस्था, वडा नम्वर १० मा मस्र्याङदी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड र वडा नम्वर ११ मा साना किसान कृषि सहकारी संस्था लिमिटेडले इजाजत पाएका छन् ।
वडा नम्वर १२ को दरौदी कृषि सहकारी संस्था लिमिटेड, वडा नम्वर १३ को साना किसान कृषि सहकारी संस्था लिमिटेड र वडा नम्वर १४ को कन्यादेवी बचत तथा ऋण सहकारी संस्थाले मल बिक्री वितरणको इजाजत प्राप्त गरेका छन् ।
वडा नम्वर ५ का लागि रितेली बचत तथा ऋण महिला समूह छनोट भएपनि इजाजत नलिएको अधिकारीले बताए । ‘छनोट भएपनि उहाहरुले काम गर्नुभएन, अव छुट्टै सूचना निकालेर अर्काे संस्था छनोट गर्छौ,’ उनले भने । चार बर्ष अघि नै सार्वजनिक सूचना जरी गरेर मल बिक्री वितरणका लागि संस्थाहरु छनोट गरिएको उनले जानकारी दिए ।
कार्यालयले चालु आवका लागि ४ सय मेट्रिक टन यूरिया, ३ सय मेट्रिक टन डिएपी, र एक सय मेट्रिक टन पोटास माग गरेको थियो । तर हालसम्म कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगंज डिपोबाट १५ मेट्रिक टन यूरिया मल र साल्ट टेड्रिङ करपोरेशन शाखा कार्यालय नारायणगढबाट ०.२ मेट्रिक टन यूरिया र १३ मेट्रिक टन डिएपी मल प्राप्त भएको नगरपालिकाले जनाएको छ ।




