| बुधबार, कार्तिक २५, २०८३

अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ गोरखामा तेस्रो गाईजात्रा रमाइलो मेला हुने

अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ जिल्ला सदरमुकाममा तेस्रो गाईजात्रा रमाइलो मेला हुने भएको छ । लियो क्लब अफ गोरखाको आयोजनामा भदौ ९ गते मेला हुन लागेको हो ।

जिल्ला सदरमुकामको पदेलीस्थित रानीपोखरी परिसरमा हुने मेलामा राष्ट्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, हरिराम परियार, निर्जला गुरुङ लगायत स्थानीय कलाकारको सांगितिक प्रस्तुती रहने सोमवार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

उनका अनुसार मेलामा जादुगर अमिष उपरकोटीको बिशेष प्रस्तुती समेत रहने छ । मेला सम्पन्न गर्न कुल ६ लाख लाग्ने अनुमान क्लबको छ । टिकट शुल्क, बिभिन्न व्यक्ति र संघसंस्थाबाट उक्त रकम सहयोग स्वरुप संकलन गरिने क्लबले जनाएको छ । ‘सबैलाई लक्षित गरी टिकटको एक सय, पाँच सय र एक हजार गरी तीन वटा शुल्क निर्धारण गरेका छौ,’ उनले भने ।

मेलाको करिव पाँच सय जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाबाट बचत भएका रकमले अनाथ तथा असहाय एवं अपाङ्गता भएका बालबालिकाको शैक्षिक क्षेत्रमा खर्च गरिने क्लबले जनाएको छ । कार्यक्रमकै अवसरमा क्लबका सल्लाहकार चन्दनबाबु खत्री

ले क्लबलाई दश हजार एक सय नगद सहयोग गरका छन् । क्लबले सन् २०१८ सालमा स्थापना गरेको लियो अक्षयकोषमा रहने गरी उनले नगद सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्