
वडाध्यक्ष कुँवरद्वारा रत्नराज्य माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
गोरखा नगरपालिका–१० स्थित विरेन्चोकमा रहेको रत्नराज्य माविका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।
वडाध्यक्ष प्रदिप कुँवरले आफू जनप्रतिनिधि भएवापत पाएको भत्ताले बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्टेशेनरी सामग्री वितरण गरिएको बताए ।
विद्यालयमा अध्यनरत युकेजीदेखि कक्षा १२ सम्मका एक सय ८० जना विद्यार्थीलाई बुधबार एक कार्यक्रमका बीच स्टेशनरी सामग्री वितरण गरिएको उनले जानकारी दिए ।
विद्यार्थीहरुको शैक्षिक स्तर सुधार गर्ने र उनीहरुको अध्यापनमा सहयोग पु¥याउने उदेश्य रहेको उनको भनाइ छ ।




