| बुधबार, कार्तिक २५, २०८३

गोरखाको ५३ रोपनी बाँझो जमिनमाखेती गरियो, खेती गर्ने किसानलाई तीन लाख बढी अनुदान वितरण

गत आर्थिक बर्ष जिल्लाको ५३ रोपनी बाँझो जमिनमा खेती भएको छ । कृषि ज्ञान केन्द्रको ‘बाँझो जग्गामा खेती गर्न प्रोत्साहन सहयोग कार्यक्रम’ अन्तरगत उक्त क्षेत्रफलमा खेती भएको हो ।

२६ रोपनीमा तरकारी खेती, १६ रोपनीमा कागती÷सुन्तला खेती र बाँकी क्षेत्रफलमा अदुवा र बेसार खेती भएको कार्यालयका सूचना अधिकारी प्रमोद गैह्रेले बताए ।

गोरखा नगरपालिका, आरुघाट, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र शहिद लखन गाउँपालिकाका बाँझो जमिनमा खेती भएको उनले जानकारी दिए ।

उनका अनुसार बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान समेत वितरण गरिएको छ । ‘२० जना किसानसँग सम्झौता भएको थियो,’ उनले भने, ‘उहाहरुलाई कम्तिमा १५ देखि ५० हजारसम्म अनुदान रकम वितरण ग¥यौ ।’ कुल तीन लाख १५ हजार रकम अनुदान स्वरुप वितरण भएको उनले बताए ।

अनुदान रकम पाउनका लागी कम्तिमा तीन रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने कार्यालयले जनाएको छ । उक्त कार्यक्रमका लागी गत बर्ष चार लाख ८० हजार रकम प्राप्त भएको थियो । उक्त कार्यक्रमले बाँझो जमिनको सदुपयोग भइ उत्पादन बृद्धिमा सहयोग समेत पुगेको बताइएको छ ।

कार्यालयले गत बर्ष तरकारी खेती गर्ने किसानलाई पनि अनुदान रकम वितरण गरेको छ । क्षेत्रफल बिस्तारका आधारमा तरकारी उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत एक लाख ३७ हजार अनुदान रकम वितरण गरिएको कार्यालयका सूचना अधिकारी गैह्रेले बताए । उनका अनुसार कुल ११ जना किसानले अनुदान रकम पाएका छन् ।

‘गोरखा नगरपालिकाका ७ र गण्डकी, सिरानचोक, भीमसेन थापा र अजिरकोट गाउँपालिकाका १÷१ जना किसानले अनुदान रकम पाएका छन्,’ उनले भने, ‘उनीहरुलाई कम्तिमा ६ हजारदेखि १५ हजारसम्म अनुदान रकम वितरण गरेका छौ ।’प्रति रोपनी तीन हजारका दरले अनुदान रकम वितरण गरिएको उनले जानकारी दिए ।

कुल एक लाख ३७ हजार रकम वितरण भएको जानकारी दिदै उनले थपे, ‘अनुदान रकम पाउन कम्तिमा दुई रोपनी क्षेत्रफलमा बर्षमा दुई सिजन तरकारी उत्पादन गर्नुपर्ने प्रावधान थियो ।’ उनका अनुसार उक्त कार्यक्रमका लागी पाँच लाख रकम विनियोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्