
भीमसेन थापा गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न
भिमसेन थापा गाउँपालिकाको गत आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
शनिवार भएको कार्यक्रममा गाउँपालिकाका विषयगत शाखाका प्रमुख एवं उपशाखा प्रमुखहरुले संघ र प्रदेश सरकारबाट सञ्चालित वार्षिक कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनीहरुले गत आव २०७९÷०८० को बार्षिक नीति, कार्यक्रम तथा बजेटले निर्दिष्ट गरे अनुरुप प्राप्त अख्तियारी भित्र रही आफ्नो शाखा मार्फत भएको योजना बजेट कार्यक्रमहरुको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।
चालु आव ०८०÷०८१ का योजनाहरु समेत प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ । सोही बमोजिम कार्यक्रम सञ्चालन गर्ने गरी रणनीति समेत बनाइएको बताइएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जारा, उपाध्यक्ष अमृता देवी वस्ती (भट्ट), जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।




