| बुधबार, कार्तिक २५, २०८३

गोरखा दरबार परिसरमा वृक्षारोपण

गोरखा दरबार परिसरमा वृक्षारोपण गरिएको छ ।

गोरखा नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा शनिबार बिसे नगर्ची पार्कदेखि रामशाह पार्कसम्म वृक्षारोपण गरिएको हो ।

सो क्षेत्रमा ५० वटा घण्टी फूल, एक सय वटा अमला र ३ सय ५० वटा टिमुर जातका गरी कुल ५ सय वटा विरुवा रोपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्