| बुधबार, कार्तिक २५, २०८३

नेपाली कांग्रेस गोरखा क्षेत्र नम्वर २ प्रदेश ‘क’ का सभापति गुरुङ थुनामा

सरकारी दस्तखत किर्ते कसुरमा पक्राउ परेका पालुङटार नगरपालिका–३ का नारायण भनिने दिर्गमान गुरुङ कारागार चलान भएका छन् । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्वर २ प्रदेश क का सभापति समेत रहेका गुरुङलाई गत असार २० गते कारागार चलान गरिएको हो ।

सरकारी दस्तखत किर्ते कसुरमा उनलाई २०६१ साल जेठ १८ गते एक बर्ष कैदको फैसला सुनाइएको थियो । सोही फैसला कार्यान्वयनको क्रममा गुरुङलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

साविक गोरखा आँपपिपल गाउँ विकास समिति वडा नं २ हाल पालुङटार नगरपालिका वडा नं ३ घर भएका गुरुङले नागरिकता, पासपोर्ट लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ गरी डिल्लीबजार जेल चलान गरिएको हो ।

२०६१ जेठ १८ गतेको अदालतको फैसलाअनुसार एक वर्षका लागि कैद सजायाँ गरिएका नारायण गुरुङलाई गत असार २० गते प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरी कैद भुक्तानका लागि डिल्लीबजार जेल चलान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्