
सगरमाथाको टुप्पोमा धार्चेको लोगो सहितको ब्यानर
विश्वको सर्वाेच्च शिखर सगरमाथाको टुप्पोमा धार्चे गाउँपालिकाको लोगो सहितको ब्यानर राखिएको छ । धार्चे गाउँपालिका–४ लाप्राकका इमान गुरुङले हिमाल आरोहणको क्रममा गाउँपालिकाको लोगो सहितको झण्डा सगरमाथाको टुप्पोमा पु¥याएका हुन् ।
धार्चेलाई आरोहीहरुको गाउँपालिकाको रुपमा परिचित गराउन पालिकाको लोगो सहितका ब्यानर सगरमाथाको टुप्पोमा राखिएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । गत मे १८ मा गुरुङ ब्यानर सहित सगरमाथा पुगेका थिए । आरोही क्षेत्रमा धार्चेका धेरै जना आबद्ध रहेको र धार्चेबाट हरेक वर्ष सगरमाथा आरोहण गर्ने युवाहरुको संख्या बढ्दै गएकाले सो सन्देश विश्वभर प्रवाह गर्नका लागि पालिकाको लोगो सहितको ब्यानर सगरमाथाको चुचुरोमा पु¥याएको अध्यक्ष गुरुङले जानकारी दिए । यसले धार्चे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको अपेक्षा छ ।
पर्यटन प्रवद्र्धन र आरोही क्षेत्रमा योगदान पु¥याएका पालिका भित्रका व्यक्तिहरुलाई सम्मान गर्ने योजना समेत रहेको उनको भनाइ छ । यो वर्षमा मात्रै धार्चे गाउँपालिका भित्रका सात जनाले सगरमाथा आरोहण गरेका छन् । वडा नं ४ लाप्राकका सन्दिप गुरुङ, युक्त गुरुङ, सुमन गुरुङ, बिस बहादुर गुरुङ, राम बहादुर गुरुङ, इमान गुरुङ र वडा नं. ३ उहियाका ओम(माइला) गुरुङले सगरमाथा आरोहण गरेका हुन् ।
पर्यटन प्रवद्र्धन गर्नका लागि पालिकाले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । चालु आर्थिक बर्ष पर्यटन पूर्वाधार निर्माणका लागि डिपिआरमा जोड दिने पालिकाको योजना छ ।
चालु वर्ष नौली खोला झरना क्यानोनिंग र भिया फटारा पुर्बाधार डिपिरका लागि ६ लाख, नमुना बस्ति नादुर डाँडा पर्यटन पुर्बाधार डिपिरका लागि पाँच लाख, क्यानोनिङ÷¥याफ्टिङ÷रक क्लाइम्बिङ कार्यक्रमका लागि ४ लाख, लिदिंग धुनिखोप जिपफ्लायर डिपिआरका लागि चार लाख र तातोपानी उहिया बेसी डिपिआरका लागि पाँच लाख विनियोजन गरिएको पालिकाले जनाएको छ ।
नस्यारांग छो पदमार्ग निर्माणका लागि १५ लाख र यारुबगर गणेश हिमाल बेसक्याम पर्यटन पथ डिपिरका लागि पाँच लाख विनियोजन गरिएको पालिका अध्यक्ष गुरुङले जानकारी दिए । लगत अनुमान नगरी हजुवाको भरमा बजेट विनियोजन गर्दा योजना सफल नहुने भएकाले यस वर्ष डिपिआरमा जोड दिएको अध्यक्ष गुरुङले बताए ।
पर्यटन सम्बन्धी पूर्वाधार निर्माण गर्नका पालिकाले मात्र गर्न नसकिने र यसका लागि प्रदेश र संघ सरकारसँग बजेट माग गर्नुपर्ने भएकाले यस वर्ष डिपिआरमा जोड दिएको उनको भनाइ छ ।




