| बुधबार, कार्तिक २५, २०८३

नमुना प्रतिक्षालय टोलको अध्यक्षमा ढुंगाना

गोरखा नगरपालिका–८ मा रहेको नमुना प्रतिक्षालय टोल विकास संस्थाको अध्यक्षमा राजन ढुंगाना चयन भएका छन् । बुधबार सम्पन्न संस्थाको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा सुवास मरहट्टा, सचिव सिर्जना ढकाल, सहसचिवमा महिबुब मियाँ र कोषाध्यक्षमा मञ्जु थापा चयन भएका छन् । सदस्यमा सविता अधिकारी र प्रमिला श्रेष्ठ रहेका छन् ।

अधिवेशनले सरोज अर्यालको संयोजकत्वमा तीन सदस्यिय सल्लाहकार समिति र दिनेश थापाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ ।

सल्लाहकार समितिको सदस्यमा मोहसिन अलि मियाँ र विद्या मास्के तथा लेखा समिति सदस्यमा टेक नारायण गिरी र हरेन्द्र शाह चयन भएका छन् । कार्यक्रमको अवसरमा संस्थाले संस्थाका निवर्तमान वडाध्यक्ष कृष्ण बहादुर केसीलाई सम्मान समेत गरेको छ ।

संस्थाको स्थापनाकालदेखि टोल क्षेत्रको विकास निर्माण र बिभिन्न सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै उनलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको संस्थाले जनाएको छ । अधिवेशनमा सचिव राजन ढुंगानाले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सिर्जना ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्