
विन्ध्यावासिनी मन्दिर परिसरमा वृक्षारोपण
गोरखा नगरपालिका वडा नं ३ नारेश्वरको विन्ध्यावासिनी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । गोरखा उद्योग वाणिज्य संघको ५० औ स्वर्ण जयन्ती वर्षको अवसरमा मंगलबार मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।
मन्दिरको गेटदेखि मन्दिर वरपर तेजपात, धुपी, गुल्मर फूल, कपुर, अमला, पारिजात, टिमुर, कल्की फुल गरी एक सय ५० भन्दा बढी वृक्षारोपण गरिएको विन्ध्यावासिनी मन्दिर संरक्षण समितिका सूचना तथा प्रसारप्रचार समितिका संयोजकका विमल श्रेष्ठले बताए ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले मन्दिरलाई डिपिआर अनुसार काम गर्न निरन्तर बजेट विनियोज गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उक्त मन्दिरलाइ धार्मिक तथा पर्यटकीय स्ल बनाउनका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
वृक्षारोपण कार्यक्रममा गोरखा उद्योव वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले विन्ध्यावासिनी मन्दिरलाई ऐतिहासिक, धार्मिक, पुरातात्कि र पर्यटकीय हिसाबले विकास गर्नुपर्ने बताए । संघले ५० वर्ष पुरा गरेको अवसरमा आगामी फागुनको २५ गते विशेष कार्यक्रम गरी मनाउने तयारीमा रहेको र सोहि अवसरमा वृक्षारोपण गरिएको उनले जानकारी दिए । साथै वृक्षारोपणले मन्दिरको सौन्दर्यता बढ्ने समेत उनको भनाइ छ ।
गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपापलिकाका नगरप्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर राना, संघका अध्यक्ष श्रेष्ठ, विन्ध्यावासिनी मन्दिर संरक्षण समितिका अध्यक्ष भीमबहादुर अधिकारी, मन्दिर निर्माण समितिका अध्यक्ष बाबुराम श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।




