
बलात्कारको आरोपमा पालुङटारका एक युवक पक्राउ
बलात्कार गरेको आरोपमा पालुङटारका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पालुङटार नगरपालिका वडा नं.६ जुडीखोलाका २७ वर्षीय नरेश तामाङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
पक्राउ परेका तामाङले डर, त्रास, धाक धम्की दिई सोही स्थानका ३० वर्षीय महिलालाई बुधबार रातीको समयमा बलात्कार गरेको श्रेष्ठले बताए । पीडितमार्फत प्राप्त भएको जाहेरी दरखास्तका आधारमा तामाङलाई शुक्रबार पक्राउ गरिएको हो ।
पक्राउ परेका तामाङविरुद्ध आइतबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भएको छ । उनलाई गोरखा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




