| सोमवार, साउन १०, २०८३

ओझेलमा परेका श्रीखण्ड चन्दनका रुखहरु

यदु प्रसाद अधिकारी

नेपाल प्राकृतिक विविधताले भरिपूर्ण मुलुक हो । यहाँ बहुमूल्य जडिबुटी र बनस्पतिहरु असंख्य रुपमा उम्रिएका छन् । नेपालका बहुमूल्य चन्दनहरु मध्ये श्रीखण्ड पनि एक हो । यसलाई हिन्दू र बुद्ध धर्मालम्बीहरुले चन्दनको रुपमा प्रयोग गरी भगवान्लाई चढाई निर्धारमा लगाउने गर्दछन् । श्रृङगारकर्मीहरुले पनि बास्नाको रुपमा प्रयोग गरेको देखिन्छ । भनाइ अनुसार श्रीखण्ड, तुलसी र पारिजातलाई भगवानले स्वर्गबाट मत्र्य लोकका प्राणीको कल्याणका लागि स्वच्छ अक्सिजन बहाउनका लागि ब्रह्मासँग पठाएका थिए भन्ने किंबदन्ती छ । त्यसैले बहुमूल्य चन्दन र पूmलको रुपमा लोकमा तीन वटा कुरा नै लोकप्रिय छन् ।

गोरखा जिल्ला प्राकृतिक वनस्पति, जडिबुटी र वृक्षहरुले पनि सुविख्यात छ । यस जिल्लामा पुर्खाहरुले रोपेका श्रीखण्डका बोटहरु हाल हराभर भएको देखिन्छ । गोरखा जौवारीको चिउरीबोटमा दोस्रो विश्वयुद्ध पछि श्रीमानसिं गुरुङले ल्याएर रोपेका दुई वटा विरुवा ठूला रुख भएका छन् । त्यसलाई पुरातत्व विभागले संरक्षण गरेको कुरा गोरखा पत्रमा छापिएको थियो । गाउँलेहरुले नचिनेर कुलोको नहर खन्ने ठेकेदारले लगेर बेचेको थियो । जौबारी धन्सार भन्ने गीत घन्काएको पनि सुनिएको थियो । सो कुरालाई जौबारीका पूर्र्व शिक्षक नूरेश्वर अधिकारले पुष्टि गरेका छन् । हाल जौवारीमा साना रुखहरु पनि देखिएका छन् । श्रीखण्ड वीरेन्चोक, १३ किलो, ठिमुरेस्वाँरा, तान्द्राङ आदि ठाउँमा भए पनि अश्राङमा जस्तै पुरै जंगलको रुपमा विकसित भएको भने छैन ।

गोरखा सदरमुकाम देखि पाँच कोस टाढा रहेको अश्राङ धार्मिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, वातावरणीय र फलपूmल र सुन्तला खेतीको दृष्टिले चर्चित ठाउँ हो । यसको सिमान ताप्ले, बगुवा, बोर्लाङ र बुङकोटसँग जोडिएको छ ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेनथापाले साल र फुलफूलको विरुवा रोपेर त्यस क्षेत्रको महत्व बढाएका थिए । त्यस क्षेत्रको क्यामुनटारमा भीमसेन बगैजा चर्चित नै छ ।

सिद्धको आश्रम भएकाले नै अश्राङ भनिएको हो भने स्थानीय वृद्धिजीवीहरु बताउँछन् । आश्राङमा भारतका ख्याति प्राप्त विवेकानन्द पनि आएर बसेका थिए भन्दछन् । त्यहाको गुफा भज्याङ निकै चर्चित छ । नजिककै माला गेडीको रुख छ, जसलाई सुगन्ध कोकिला भनिदो रहेछ । त्यहाँको नजिकैको धाराको पानी अमृत जस्तो छ भनी बन विज्ञानका पुर्व छात्र कृष्ण भट्ट बताउँछन् ।

आश्रङको थाम डाँडामा गोरखाली र चौबीसेहरुको बीचमा युद्ध भएको ठाउँ हो भनी समाजसेवी श्याम पाण्डे बताउँछन् । त्यहा हतियारका अवशेष र फलामको धाउ पनि फेला परेको थियो भनी बताए । त्यो डाँडाबाट मनास्लुको टुप्पो, हिमचुली, बौद्ध हिमाल देखिन्छ । हजारौ युवायुवतीहरुलाई विमुग्ध बनाउने त्यस ठाउँमा २०४० साल वरपर वृक्षारोपण गरिएको रहेछ । अश्राङ सुन्तलाको चर्चित ठाउँ पनि हो । अश्राङको बुलबुलेको सुन्तला श्रीखण्डको बोटलाई सबैले प्रशसा गरेका छन् ।
अश्राङकोटकी देवी चण्डीस्थान, रानीवेद, गुफा भज्याङ, सिद्ध आश्रम, मण्डलीथान आदि महत्तपूर्ण छन् ।

अश्राङ मुक्तिनाथ र काठमाडौ जाने ओहोरदोहोर गर्ने बाटो रहेछ । महर्षिहरु पनि एक रात गुफा भज्याङमा बसेर जान्थे रे भनी स्थानीयहरु बताइरहेका छन् । त्यहाँ नजिकै प्रसिद्ध शिबालय मन्दिर पनि रहेछ । भालु आश्रम खानी पनि त्यहि नजिक नै रहेछ ।

थाम डाँडा पर्यटकीय रुपबाट महत्वपूर्ण ठाउँ रहेछ । यस ठाउँमा युवराज दीपेन्द्रको नाउँमा वृक्षारोपण गर्न शुरु गरिएको रहेछ । वनभोज गर्न लायक ठाउँ रहेछ । चार हजार विरुवा रोपिको रहेछ । हाल विरुवा विशाल सल्लोको रुखको रुपमा विकसित भएको देखिन्छ । तल संख्ये पीपलको चौतारो रहेछ । त्यहाँ देवी र गोरु राती हिड्छन् भन्ने किंब्दती पनि पाण्डेले सुनाए ।
आपूm २०३२ सलामा सुन्तालको विक्री वितरण गरेर पुरस्कृत भएको र ईश्वर पाण्डे पनि त्यो पुरस्कारबाट छुटेका थिएनन भन्ने कुरा प्रफुल्ल मुद्रामा सुनाए ।

श्रीखणको वीउ ल्याउने काम भने आफना भतिजा भारतीय सेनाले गरेका थिए भनी बताए । शान्ति सेना श्रीलङ्कामा गएका भतिजाले अश्राङ जस्तै भिरालो सेपिलो ठाउँमा बास्न चलेको थाहा पाएछन् । यो के हो ? के को बास्ना चलेको हो भनी स्थानीयलाई सोधे छन् । सबैले श्रीखण्डको बास्ना चलेको हो भनेछन् । उनले १४ वटा वीउ मागेर घरमा ल्याई आफना काकालाई जमाउन दिएछन् । १२ वटा विरुवा उम्रिएपछि नातेदार र भतिजालाई विरुवा वितरण गरी दुईवटा विरुवालाई २०३२ सालमा मैले रोपेको हुँ । त्यो विरुवा आज विशाल वृक्ष छ भनेर देखाए ।

श्रीखण्ड फल्दो रहेछ । त्यसलाई जुरेली चराले खादो रहेछ । त्यसले बोव्रmा खाएपछि बीउ उम्रन लायक हुदोँ रहेछ । चराले दिसा गरेको बीउ चिसो ओसिलो ठाउँँ थाकल डाँडामा झारे छ । त्यस पछि त्यहा धेरै विरुवाहरु उम्रिएर बढेछन् । गाउँहरुले राम्रो घाँस भन्दै काट्ने गरेछन् । वन विज्ञान विषयमा अध्ययन गरेका कृष्ण भट्टले यो त श्रीखण्ड हो भनी आफनो कार्यालयमा ल्याएर पहिचान गराएका छन् ।

त्यस पछि त्यो क्षेत्र नै साम्ुदायिक वनको रुपमा विकसित गराउने गर्ने प्रेरणा दिए छन् ।
हाल त्यो थाकल डाँडा वनमा बुलबुले क्षेत्रमा हजार बोट भन्दा बढी श्रीखण्डका ठूलासाना रुखहरु छन् । त्यसैको नजिक बुलबुलेमा अचम्मको विद्यालय पनि रहेछ । सो विद्यालयलाई पर्यटन विद सागर पाण्डेको अनुरोधमा हिलारी किन्टनका गाउँले दम्पती इन्जिनीयरले नक्सा बनाई विद्यालय बनाएका रहेछन् । जस्ता माथि ढलान गरिएको, माथिबाट हावा आउने, आँखीझ्याल राखिएको, चारै तिर बरन्डा भएको, अपाङमैत्री शौचालय भएको र रमणीय विद्यालय देखियो । नजिकै प्राकृतिक सुन्तला चिस्यान केन्द्र पनि रहेछ ।

श्रीखण्ड जस्ता बहुमूल्य चन्दन र औषधीय गुण भएका जडीबुटीहरु नेपालमा प्रशस्त छन् होला । तिनीहरुलाई हाम्रा पुर्खाले चिनेपनि हामीहरुले चिनेका छैनौ । कतिपय कुराहरुलाई पुर्खाहरुले ज्ञानको रुपमा हस्तान्तरण गरे भने कतिपय लोप भएर पनि गए । अव वैज्ञानिहरुले तिनीहरुको काम र नाम अनुसन्धान गरी पत्ता लगाउनुपर्दछ । ओझेलमा परेको श्रीखण्डको गाउँ बुलबुलेमा वन विज्ञान अध्ययन गर्ने अनुसन्धान गर्ने व्यक्तिलाइ ठूलो सहयोग हुनेछ । सुगन्धित चन्दन श्रीखण्डलाई स्थानीय तहले धार्मिक पर्यटकीय वनको रुपमा संरक्षण गरी प्रचारप्रसार गरेमा अश्राङको मात्र नभई गोरखा जिल्लाको पनि प्रतिष्ठा बढ्ने थियो ।

प्रतिक्रिया दिनुहोस्