| बुधबार, कार्तिक २५, २०८३

गोरखामा ४१ औँ विपी स्मृति दिवसको अवसरमा वृक्षारोपण

४१ औँ बी.पी स्मृति दिवसको अवसरमा गोरखाका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नं ५ स्थित चिल्ड्रेनपार्क परिसरमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रमका सभापति तथा गण्डकी प्रदेशका सांसद नन्द प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी, पार्टी भातृसंगठन, शुभेच्छुक संस्था लगायतका नेपाली काँग्रेसमा क्रियाशील कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

सोही दिवसको उपलक्ष्यमा नेपाली काँग्रेस धार्चे गाँउ कार्यसमिति र नेपाली काँग्रेस वडा नं ४ को कार्य समितिको संयुक्त आयोजनामा विपीको सम्झना स्वरुप लाप्राक पुरानो गाउँको मणिकामदेवी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ ।

पुरानो मन्दिरको संरक्षण र सम्बद्र्धन गर्नका लागि मन्दिर वरिपरि १५ वटा भन्दा बढी धुपीका विरुवा रोपिएको नेपाली काँग्रेस धार्चे गाउँ कार्य समितिका सभापति सन्तोष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्