
गोरखामा अभद्र व्यवहार गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता
गोरखा नगरपालिका १० छेपेटारका वुद्धिमान तामाङलाई कुटपिट गर्ने चारजना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
गत बुधबार दिउसो तामाङमाथि आक्रमण गर्ने गोरखा नगरपालिका ९ लक्ष्मीबजारका सन्तोष बस्नेत र राजन कुँबर तथा गोनपा १० का विवश बानियाँ र गोनपा ४ फिनामका दिवश बानियाँ विरुद्ध मुद्दा दर्ता गरेको प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुविरुद्ध शुक्रबार अभद्र व्यवहारसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरुले तामाङमाथि निर्घात कुटपिट गरी घाइते बनाएको आरोप छ ।




