
बहुबिवाह आरोपमा पक्राउ परेका ठाकुर कारागार चलान
बहुविवाहको आरोपमा गोरखा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ पौवासुनारका २४ बर्षिय ठाकुर सुनार र वडा नम्वर ४ घोप्टेचौताराकी १९ बर्षिया प्रतिमा सुर्खेती रहेका छन् ।
बुहविवाह कसुर गरेको भनी ममिता सुनारले जायरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । उनीहरु बिरुद्ध बहुविवाह कसुर शिर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाइएको थियो ।
पक्राउ परेका ठाकुर पुर्पक्षका लागी कारागार चलान भएका छन् भने प्रतिमालाई एक लाख धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ ।




