| बुधबार, कार्तिक २५, २०८३

एक लाख २३ हजारद्वारा गोरखा संग्रहालय अवलोकन, २६ लाख राजस्व संकलन

केशव गुरुङ :

नेपाल एकीकरणको उद्गस्थल गोरखा सदरमुकाममा रहेको गोरखा संग्रहालय अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । कोभिड र लकडाउनपछि सुरक्षित र खुल्ला वातावरण निर्माण भएसँगै आर्थिक वर्ष २०७९÷०८० मा संग्रहालय आउने पर्यटकको संख्या बढेको गोरखा दरबार संङ्ग्रहालयका सूचना अधिकारी हरिबहादुर थापाले बताए ।

इतिहास बुभ्mन चाहने विद्यार्थीहरुका लागि गोरखा संग्रहालय शैक्षिक भ्रमणको उत्कृष्ट गन्तव्य स्थल बन्दै गएको र विभिन्न सरकारी वेवसाइटहरुमा गोरखा संग्रहालयको बारेमा प्रचारप्रसार गरिएकोले पर्यटकको संख्या बढेको उनले जानकारी दिए ।

उनका अनुसार २०७७÷०७८ मा कुल ३३ हजार र २०७८÷०७९ मा कुल ७६ हजार तीनसय २८ जनाले गोरखा संग्रहालय अवलोकन गरेका थिए । आर्थिक वर्ष २०७९÷०८० मा कुल एक लाख २३ हजार सातसय ३१ जना पर्यटकले संग्रहालय अवलोकन गरेका छन् । जसमा विद्यार्थीको संख्या ४३ हजार ५७०, नेपाली पर्यटकको संख्या ७९ हजार २३१, सार्क राष्ट्रका ७० जना र अन्य देशका अवलोकनकर्ता आठ सय ६० जनाले गोरखा संग्रहालय अवलोकन गरेका हुन् ।

मुख्यगरी कार्तिकमा सबै भन्दा धेरै १९ हजार ३ सय र मंसीरमा १६ हजार १४३ र वैशाख महिनामा १२ हजार ९६३ जनाले संग्रहालय अवलोकन गरेका छन् । त्यस्तै, श्रावणमा ६ हजार २८३ जना, भाद्रमा ६ हजार ६६० जना, असोजमा ७ हजार ३८० जना, पुसमा १० हजार १५१ जना, माघमा १० हजार ६६० जना, फागुन १० हजार ३४ जना, चैत्रमा ९ हजार ३१७ जना, जेठमा ८ हजार ९०१ जना र असारमा ५ हजार ९३६ जनाले संग्रहालय अवलोकन गरेका छन् ।

संग्रहालयको रावस्व संकलनमा पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ८६ हजार ८५ रुपैया राजस्व संकलन भएको थियो भने आर्थिक वर्ष २०७८÷०७९ मा १६ लाख ६८ हजार ५७० रुपैया राजस्वक संकलन भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा कुल २६ लाख ७७ हजार ४७५ रुपैया राजस्व संकलन गरेको छ ।

यीमध्ये विद्यार्थीबाट रु ४३ लाख ५७ हजार, नेपाली नागरिकबाट १९ लाख ८० हजार ७७५ रुपैया, सार्क राष्ट्रका नागरिकबाट ३५ सय रुपैया र अन्य विदेशी नागरिकबाट ८६ हजार रुपैयाँ संकलन भएको संग्रहालयले जनाएको छ ।

त्यस्तै, नेपालीले भिडियो खिचेको बापत ३ हजार, सार्क राष्ट्रका नागरिकहरुले फोटो र भिडियो खिचेको बापत दश हजार ६ सय, फिल्म छायाकन गरेको शुल्क एक हजार र संग्रहालय वरिपरि रहेको पसलहरु भाडामा लगायत बापत रु एक लाख आठ हजार रुपैया र संग्रहालय विभिन्न विभिन्न कार्यक्रमहरु आयोजना गरेको शुल्क ४७ हजार ५ सय रुपैया राजस्व संकलन गरेको जनाएको छ ।

संग्रहालय भित्र रहेको खाली र खुल्ला ठाउँमा उपयोग गर्ने गरी विभिन्न क्लव तथा संघसंस्थाहरुले आग्रह गरे अनुसार ठाउँ उपलब्ध गराइ शुल्क लिदै आएको सूचना अधिकारी थापाले जानकारी दिए । विभागसँगको अनुमतिमामा खुल्ला ठाउँमा विभिन्न कार्यक्रमहरु संचालन गरेबापत संग्रहालयले शुल्क लिन सुरु गरेको र उक्त शुल्क संग्रहालयको रावस्वमा जम्मा हुने उनले बताए । यसका लागि निश्चित मापदण्ड बनाएर विभागमा पेश गरिएको र मन्त्रालयबाट स्विकृत हुन बाँकी रहेको पनि उनले बताए ।

यस्तै, संग्रहालयमा थप ग्यालरी विस्ताका लागि केन्द्रमा योजना पेश गरिएको र आवश्यक बजेट विनियोजन भएको खण्डमा चालु आर्थिक वर्षबाट काम सुरु हुने गोरखादरबार सङ्ग्रहालय गोरखाले जनाएको छ ।

कात्तिकदेखि मंसिर, पुस र माघसम्म शैक्षिक भ्रमणको सिजन भएकाले आन्तरिक पर्यटकको संख्या धेरै नै बढ्ने गरेको छ । नेपाल एकीकरणको समयमा प्रयोग भएका हतियारहरू, शाहवंशीय इतिहास, विभिन्न शिलालेख, नेपाली पहिचान झल्काउने विभिन जातिको वेशभूषा, विभिन्न बाजाहरूलगायतका इतिहासका धेरै महत्वपूर्ण कुराहरू संग्रहालयभित्र राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्